Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानु भयाे, आएपछि सोध्नुपर्ला : केपी ओली


    शुक्रबार, चैत्र १८ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए । 

    अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’

    आफुले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । ‘युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ ओलीले भने । 

    एमालेको हरुवा बानी नभएको उनको भनाइ छ । ‘एमालेले हार्न कहिल्यै जानेको छैन । हाम्रो हरुवा बानी होइन् । हामी जितेर देश बनाउँछौं,’ ओलीले भने । 

    सामाजिक अभियान्ताको जागरण ल्याउनुपर्नेमा उनले जोड दिए । ‘हामीले सामाजिक अभियान्ताको जागरणका रूपमा काम गर्नुपर्छ । व्यक्ति व्यक्तिका बीचमा गएर हरेक क्षेत्रमा एड्भान्सपन ल्याउनुपर्छ । वैज्ञानिक चेत हामीले फैलाउनुपर्छ,’ ओलीले भने ।

    माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्‍याउने छुट अब कसैलाई नरहेको उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार