Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत


    शुक्रबार, चैत्र १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ। तनहुँमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा भानु नगरपालिका–३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१ वर्षीय सनिल मगर रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    मगरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार