Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सिंचाईका हाकिम ९ लाख घुससहित पक्राउ


    मंगलबार, असार ३० २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डिभिजन सिंचाई कार्यालय खोटाङका प्रमुख नारायण श्रेष्ठ ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । केहीबेरअघि उनलाई सेवाग्राहीसँग ९ लाख घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

    असार अन्तिममा भुक्तानी दिने क्रममा घुस मागेको सूचना पाएपछि अख्तियारले उनलाई ९ लाख रकमसहित नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायण चिमौरियाले भने–‘अख्तियारको टोलीले डिभिजन सिंचाई कार्यालयका प्रमु्ख नारायणकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिरहेको छ । अरु को को पक्राउ परे, घुस कति बरामद भएको हो, थाहा हुन सकेन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार