Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्ला खस सभ्यताको इतिहास हो: ओली


    बिहिबार, चैत्र १७ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताए । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यस्तो बताएका हुन् । 

    ‘जुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु,’ उनले भने, ‘केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु । ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौं ।’

    जुम्लाको विकासका लागि सबैले एकआपसमा हातेमालो गर्नुपर्ने ओलीले बताए । उनले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामलको देशभर चर्चा रहेको बताए । उनले मार्सीचामल नेपालको ओरजिनल ब्रान्ड भएको दाबी गरे । 

    अध्यक्ष ओलीले जुम्ला सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताए । ‘म जुम्लाको खलंगामा पहिले पनि आएको छु । सिजा किताबमा मात्र पढेको थिए । सिजा हेर्ने र विकास कसरी गर्नसकिन्छ भनेर आफै पुगेको छु,’ उनले भने, ‘आगामी निर्वाचनपछि नाग्म रारा जाने सडक पिच बनाएर देखाउनेछौँ ।’

    नजिकै बग्ने हिम नदीबाट के लाभ लिन सकिन्छ भन्ने विषयमा समेत गम्भीर चासो राखेको उनले बताए । विद्युत, टेलिफोन टावर, विद्युत्को ट्रान्समिसन लाइन जोड्दै राम्रो विद्यालय र अस्पताल बनाउन एमालेको ध्यान केन्द्रित हुने उनले बताए ।

    नेकपा एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको ओलीले दाबी गरे । उनले अहिले सरकार जनतालाई ढाँट्ने धाउन्नमा रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार