Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टुकुचामा शुद्ध पानीमात्र बगाउने, दायाँ बाँया हरियाली सडक बन्‍ने


    सोमबार, असार २९ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौैकाे सभ्यता र संस्कृतिसँग जाेडिएकाे टुकुचा खाेला पछिल्लाे समय अतिक्रमणमा परेकाे छ । टुकुचा खाेला नजिकै बस्‍नेहरुले टुकुचालाई फाेहाेर फाल्ने तथा खाेलकाे जग्गा मिच्‍ने काम गर्दै काठमाडौैकाे सभ्यतालाई नै चुनाैती दिइरहेका छन् ।

    यही परिप्रेक्ष्यमा साेमबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थलगत टुकुचा क्षेत्रकाे अवलाेकन गरे । साे क्रममा उनले सहरी सुन्दरता झल्कने गरी टुकुचाको व्यवस्थापन गर्न लागिएको बताए । टुकुचामा सफा पानी मात्र बग्‍ने र दायाँ बायाँ हरियाली बनाउने याेजना पनि प्रस्तुत गरे । 

    मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको बताए । 

    मध्य सहरबाट बग्ने टुकुचाको दायाँ बायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थित रुपमा बाटो र ट्रयाक निर्माण गरिने बताउँदै ममानन्धरले मध्य सहरलाई सुन्दर बनाउनका लागि टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताए । टेकुमा ट्रिटमेन्ट प्लान्ट बनाउन र टुकुचा खोलाको ६ किलोमिटर क्षेत्रलाई सुन्दर र प्राकृतिक वहावमा ल्याउनका लागि यो आर्थिक वर्षमा २० करोड खर्च गरिने  मानन्धरले जानकारी दिए । 

    सुन्दर सहरका लागि टुकुटाको व्यवस्थापन अनिवार्य भएको बताउँदै मानन्धरले सरकारले सहरी क्षेत्रको सुन्दरतालाई विश्ष ध्यानमा राखेको बताए । राजधानी उपत्यकालाई व्यवस्थित र सुन्दर बनाउनका लागि सरकारले दीर्घकालिन योजनासहित काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षसम्ममा टुकुचाको रुप फेरिने दावी गरे । 

    अनुगमनमा अधिकार सम्पन्न एकीकृत बागमति आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ बायाँ ढलसहित खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको बताए । 

    सरोकारवालासँगको छलफलपछि डीपीआरलाई अन्तिम रुप दिइने जानकारी दिए । प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौंको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार