Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिष्ठित ब्यापारिक घराना ‘ज्योति ग्रुप’मा पारिवारिक कलह, रुपज्योति न्याय माग्दै प्रहरीमा


    सोमबार, असार २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपमा पारिवारिक किचलो सुरु भएको छ । स्व.मणिहर्ष ज्योतिले खडा गरेको व्यापारिक साम्राज्य तेस्रो पुस्तामा आइपुग्दा तहसनहस हुने अवस्थामा पुगेको छ ।

    मणिहर्ष ज्योतिका नातिहरु आफ्नै कम्पनीमा विवाद खडा गरेर प्रहरी कार्यालय धाउने अवस्थामा पुगेका छन् । स्रोतका अनुसार, घटना पद्मज्योतिका दुई छोरा सौरभ ज्योति र सुहृद ज्योतिको हो । सौरभका दाजुभाइले आफ्नै काका रुपज्योतिको नक्कली हस्ताक्षर प्रयोग गरी वीरगंज महानगरपालिकाको परवानीपुरमा रहेको ५ रोपनी जग्गा कौडीको मूल्यमा बिक्री गरेको आरोप लागेको छ ।

    सौरभ ज्योतिकी निकट मित्रको नाममा उक्त जग्गा २५ करोडमा बिक्री गरियो । लालकाजी गुरुङकी छोरी सौरभकी अति निकट मित्र हुन् । मालपोत कार्यालय पर्साले २५ करोडको बैंकिङ भुक्तानी बिना नै जग्गा पास गरिदिएको खुलासा भएको छ । यसमा मालपोत कार्यालयका प्रमुखले कुस्त लाभ लिएको आरोप छ ।

    ज्योति ग्रुपको सहायक संस्था भाजुरत्न टे«डिङले भारतको मेसी फारवुसन ब्राण्डको ट्रयाक्टरको आयात गरी विक्री गर्दै आएको छ । पद्मज्योतिका कान्छा छोरा सुहृदले कम्पनी रजिष्ट्रारको कार्यालयमा कीर्ते गरी भाजुरत्न प्रा.लि दर्ता गरेर आफ्नै कम्पनीको बिरुद्ध अर्को कम्पनी दर्ता गरे । र, ट्रयाक्टरको डिलर आफ्नो बनाए । नयाँ कम्पनी दर्ता गरी रु. ९ लाखको ट्रयाक्टर ७ लाखमा बिक्री गर्न थाले । आफ्नै काका रुपज्योतिलाई उनले यसरी जिल्लाराम पारे । विपश्यना ध्यान गर्ने भद्र स्वभावका रुपज्योतिले यो कुरा थाहा पाएपछि प्रहरी कार्यालयमा उजुरी लिएर पुगे ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले उनको उजुरीलाई बेवास्ता ग¥यो । महानगरीय अपराध महाशाखाजस्ता प्रहरी कार्यालय धाउँदा धाउँदा रुपज्योति हैरान भए । बल्लतल्ल अपराध महाशाखाले उजुरीमा चासो दियो । अपराध महाशाखाले पद्मज्योतिका छोराहरुलाई झिकाउन खोज्दा पद्मज्योतिले आफ्नो भएभरको शक्ति प्रयोग गरी ढिसमिस पार्न खोजे । अपराध महाशाखाका एसएसपी दीपककुमार थापाले पद्म ज्योतिको दबाबलाई बेवास्ता गरेपछि २०७७ असार २५ मा उनी आफैं प्रहरीकोमा पुगे र प्रहरीलाई आफ्नाविरुद्धको उजुरीमा प्रक्रिया अगाडि नबढाउन आग्रह गरे ।

    पद्मज्योतिको आग्रहअनुसार एसएसपी थापाले ज्योति परिवारलाई मिल्नका लागि ७ दिनको समय दिएको छ । सात दिनसम्म पनि विवाद नमिलाएमा प्रहरी कारबाही अगाडि बढ्ने चेतावनी पनि उनले दिएका छन् ।

    एसएसपी थापाले ज्योति ग्रुपको पारिवारिक विवाद महाशाखासम्म आइपुगेको स्वीकार गरेका छन् । उनले भने, ‘पारिवारिक विवाद रहेछ, ७ दिनभित्र मिलाउनुस् भनेका छौं ।’

    पद्मज्योतिका भाइ रुपज्योतिले तपाईंको हस्ताक्षर कीर्ते गरी जग्गा बेचेको र कम्पनीको नामस“ग मिल्दोजुल्दो अर्काे कम्पनी खडा गरी ट्रयाक्टरको डिलरसीप हड्पेको बारेमा प्रहरीमा उजुरी दिनुभएको हो भनी प्रश्न गर्दा उनले भने, ‘परिवारमा असहमति भएको हो, उनीहरुले नासमझीमा एकदुई वटा गल्ती गरेका छन् । सम्झाउने प्रयास गरेका हौं । त्यही क्रममा यो कुरा प्रहरी समक्ष पुगेको हो ।’ साँघु साप्ताहिकबाट

    फोटोःरुपज्योति, सहृद ज्योति, पद्मज्योति र सौरभ ज्योति

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार