काठमाडौं । भारतीय न्यूज च्यानलहरुमाथि लगाएको बन्देज कायमै राख्न विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुलाई सरकारले आग्रह गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा.युवराज खतिवडाले यो प्रतिबन्ध तत्काल नहटाउन आग्रह गरेका हुन् ।नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमक र आपत्तिजनक समाचार प्रसारण गरेपछि एमएसओहरुले २५असारमा केही भारतीय भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रशारण रोकेका थिए ।
राष्ट्रिय एकताका साथ नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा अनुमोदन गरेपछि भारतीय न्यूज च्यानलहरु दुरासायपूर्ण रुपले प्रस्तुत भएको उनले बताए । त्यही कारण सेवा प्रदायकहरुले स्वतःस्फुर्त रुपमा प्रतिबन्ध लगाएको उनले बताए ।
मिडिया सोसाइटीका प्रतिनिधिहरुसँग भएको भेटमा मन्त्री खतिवडाले भने, परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न म अग्रह गर्दछु ।’