Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोखामा भेटिए चार कोरोना संक्रमित


    आइतबार, असार २८ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । टोखा नगरपालिकाका तीन स्थानीयसहित चार जनामा कोरोना संक्रमण भेटिएकाे छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाको विभिन्‍ने १२ स्थानका मानिसहरुको नमूना संकलन गरी परीक्षण गर्दा टोखा–६ हरियाली बस्तीका चार जनामा संक्रमण पुष्टि भएको हो। 

    महाशाखाले समुदाय स्तरमा संक्रमण फैलिएको बारे परीक्षण गर्नका लागि गत साता उपत्यकाकाे १२ स्थानबाट एक सय मानिसका दरले स्वाब संकलन गरेको थियो। साे बस्तीबाट एक सय बढीको मानिसको स्वाब संकलन गरी परीक्षण गरिएकाेमा चार जनामा कोरोना पोजेटिभ देखिएको हो।

    संक्रमित मध्ये तीन जना हरियाली बस्तीकै स्थानीय हुन् भने एक जना कैलालीबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

    महाशाखाले काठमाडौं महानगरपालिका २९ डिल्लीबजार क्षेत्रबाट पनि दुई सय नमुना संकलन गरेको थियो। उक्त नमुनाको परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ। 

    महाशाखाले बिहीबार विभिन्‍न मालपोत कार्यालय, अस्पताल, बैंक, यातायात कार्यालय र अस्पतालका सेवा प्रदायक कर्मचारी तथा सेवाग्राहीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ। ती स्वाबहरुको परीक्षण रिपोर्ट आउन भने बाँकी नै छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार