Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थुनुवामा कोरोना देखिएपछि सुर्खेतकाे हिरासत सिल


    आइतबार, असार २८ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कैदीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ ।

    बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएकाे हाे । ती कैदीमा काेराेना देखिएसँगै थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

    कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए । उनलाई आइसोलेसनमा राखिएको छ ।

    कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार