Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केएमसी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि


    शनिबार, असार २७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा काेभिड–१९ काे कारण मृत्यु हुनेकाे संख्या ३६ पुगेकाे छ । सिनामंगलस्थित केएसमी अस्पतालमा उपचाररत ५४ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएकाे छ।

    गत बिहीबार मृत्यु भएका उनकाे मृत्युपछि कोरोना जाँच गर्दा संक्रमण पोजेटिभ आएको हो। उनी मृगाैलाकाे बिरामी रहेकाे थाहा भएकाे छ । 

    उनको शव शनिबार बिहानै नेपाली सेनाको टोलीले दाहसंस्कारको लागि लगेको अस्पतालले जनाएको छ। उनी गत असार १९ गते अस्पताल भर्ना भएका थिए।

    अस्पतालका अनुसार भर्ना हुँदा नै उनको अवस्था गम्भीर थियो। मृतकको ठेगाना काठमाडौं नै रहेकाे बताइएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार