Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पैसा तिरेर पनि कोरोना परीक्षण गर्न पाउनेः शुल्क ५ हजार ५ सय तोकियो


    शनिबार, असार २७ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले शुल्क तिरेर पनि कोरोना भाइरस परीक्षण गर्न पाउने ब्यवस्था गरेको छ । अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पीसीआर विधिबाट परीक्षण गर्न पाउने व्यवस्था सरकारले गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

    स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दा बाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।

    प्रवक्ता गौतमका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नं. २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाउनेछन् ।

    आफैं कोभिड–१९ को नमूना परीक्षण गराउन रु. ५ हजार ५ सय रुपैयाँ लाग्ने छ । ती तोकिएका प्रयोगशालामा मानिसले शुल्क तिरेर परीक्षण गर्न पाउनेछन् ।

    यसअघि मन्त्रालयले वैदेशिक रोजगारमा जाने चाहने व्यक्तिलाई निरोगिता प्रमाणपत्रका लागि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर कोभिड–१९ को परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार