Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि


    शुक्रबार, असार २६ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले १० दिनको बीचमा पेट्रोल, डिजेल र मटितेलमा मूल्य वृद्धि गरेको हो ।

    सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।

    अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इनधन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार