Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा बस्तीभन्दा खोला उचाईमा, २५ घर डुबानमा


    शुक्रबार, असार २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । दुई दिनदेखि लगातार रुपमा परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका १३ बाँझापाटन क्षेत्रको बस्ती डुबानमा परेको छ ।

    नजिकै रहेको काहुँखोलामा पानीको बहाव बढेपछि बस्ती जलमग्न बन्न पुगेको हो ।खोलामा जलसतह बढेपछि कमलपोखरी ताल नजिकै रहेको बस्तीका करिब २५ घर डुबानमा परेका छन् ।

    निरन्तर बर्षात् भइरहेकाले बस्तीमा डुवान अझै बढ्न सक्ने स्थानीयले बताएका छन् । बस्तीभन्दा खोला उचाइमा रहेकाले उक्त बस्ती वर्षेनी डुबानमा पर्दै आएको छ ।

    ‘यहाँको बस्तीले बर्षेनी यही समस्या भोगिरहन्छ,’ पोखरा महानगर १३ वडाध्यक्ष दर्शन लामाले भने, ‘बर्खायाममा खोलाको आकार बढ्दा पानी बस्तीसम्म छिरेर सास्ती दिन्छ ।’ उनले समथर भागमा डुबान पर्ने हुनाले अहिलेसम्म धनजनको क्षति भने नपुर्‍याएको जानकारी दिए ।

    बस्ती जलमग्न हुँदा स्थानीयहरु बाहिर निस्कन सकेका छैनन् । प्राय घरका भुइँतलामा बाढी पसेकाले बाहिर निस्कन नमिलेको स्थानीयले बताएका छन् । ‘ठूलो पानी पर्दा सधैं यस्तै हुन्छ । पानी पर्न कम भएसँगै पानी समस्या पनि बिस्तारै आफैं सुल्झिँदै जान्छ,’ वडाध्यक्ष लामाले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार