Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यातायात व्यवसायी सरकारसँग असन्तुष्ट, तत्काल सार्वजनिक सवारी नचल्ने


    शुक्रबार, असार २६ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद्ले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि यातायात व्यवसायीले भने नमान्‍ने भएका छन् । सरकारले बिहीबार जिल्ला भित्र चल्ने सार्वजनिक यातायातलाई चलाउने निर्णय सार्वजनिक गरेकाे थियाे । 

    यातायात व्यवसायीले भने आफ्ना माग पूरा नभएकाले तत्कालै यातायात सञ्चालन नगर्ने निर्णय गरेकाे जनाएका छन् । 

    यातायात व्यवसायीले सरकारसँग बैंकको किस्ता समयावधि थप, ब्याज मिनाह, पुनर्कर्जाको व्यवस्था, वार्षिक कर, रुट परमिट, नवीकरण, जाँचपास अवधि थप गर्नुपर्ने, चालक अनुमतिपत्र नवीकरण गर्दा लकडाउन खुलेको तीन महिनासम्म जरिवाना नलाग्ने लगायतका माग राखेका थिए । तर ती माग सुनुवाइ नगरी यातायात मात्रै सञ्चालन गर्ने भनेकाले यातायात व्यवसायी असन्तुष्ट बनेकाे बताइएकाे छ । 

    सरकारले आफ्नाे माग पूरा नगरे आन्दाेलन गर्ने धम्की व्यवसायीले दिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आज पत्रकार सम्मेलन गर्दै आन्दाेलनकाे कार्यक्रम घाेषणा हुने भनिएकाे छ । 

    यसअघि यातायात व्यवसायीले सरकारसँग सार्वजनिक यातायात सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै आएकाे थियाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार