Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • प्रहरीको सेटिङमा संचालित जुवा अखाडामा सशस्त्र प्रहरीको छापा  


    शुक्रबार, फाल्गुन २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • वीरगंज । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँ भन्दा उत्तर स्कुल नजिक र नयाँ खोलिएको हाँसफार्म भन्दा पूर्व र दक्षिणमा रहेको बाँसघारीमा रहेको बेलास भने व्यक्तिको घर पछाडि भइरहेको जुवा अखाडामा  सशस्त्र प्रहरीले बुधबार बेलुका छापा मारेको छ । उक्त स्थानमा जुवा अखाडा संचालन भइरहेको खुलासा नेपालफेसले गर्दैआएको छ ।

     उक्त स्थानमा बुधबार दिउँसो १ बजेदेखि बेलुका सात बजेसम्म जुवाको खाल चल्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवा र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालकै संरक्षणमा जुवाको खाल सञ्चालन भइरहेको धेरै अनलाइन र पत्रपत्रिकामा समाचार आएपछि बन्द भएको जुवाखाल पुनः संचालनमा  आएको सशस्त्र प्रहरीले छापा मारेपछि पुष्टि भएको छ  ।

    जुवा खाल संचालनमा रहेको सूचना पाउन बितिकै सशस्त्र प्रहरी १२ नः गण बाराका  एसपी राजेन्द्र थापाको निर्देशनमा जितपुर बेसबाट सशस्त्र प्रहरी निरीक्षक धिरेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले उक्त जुवा खालमा छापा मारेको हो । जुवा खालमा सशस्त्र प्रहरीले छापा मार्न जाँदा सशस्त्र प्रहरीको टोलीलाई  देख्नासाथ जुवाडे भाग्न सफल भएका थिए । सो स्थानबाट एउटा टिनको सुटकेस बाकस फेलापरेको र उक्त बाकसबाट ६४ हजार १ सय नगद बरामद गरेको एसपी थापाले बताए । यस विषयमा मधेश प्रदेश सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगरसँग बुझ्दा एउटा सुटकेस र त्यसभित्र रहेको केही रकम बरामद भएको बताएका थिए  । जिल्ला प्रहरी कार्यालय बाराको नाममा ७ लाख र इलाका प्रहरी कार्यालय प्रसौनीका इन्स्पेक्टर बिन्देश्वर यादवको नाममा २ लाख छुट्याएर जुवा अखाडा निर्वाध संचालन हुँदैआएको थियो ।

     त्यसैगरी नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रंजितकारको नाममा बारामा कार्यरत रहेको महोत्तरी दरबन्दी भएका प्रहरी जवान संजय जयसवालले जुवा अखाडाबाट दस्तुर उठाएर पुनः संचालन गर्न दिएको स्रोतले जनाएको छ ।

    बारा जिल्लाको लागि जिल्लाका एसपी र प्रदेशका डिआईजीसँग तस्कर तथा जुवाडेको सेटिङ मिलाउने र  आर्थिक लेनदेनको काम घुमुवा जयसवालले नै गर्दै आएको स्रोतको भनाइ छ । इलाका प्रहरी कार्यालय प्रसौनी अन्तर्गत प्रस्टोका गाउँ पर्छ भने ठाउँ ठाउँमा प्रहरी युनिट पनि छ । सूचना संकलनका लागि सादा पोशाकका प्रहरी खट्ने गरेका छन् । प्रहरीका सिपाहीदेखि उच्च ओहदाका अफिसरसम्म प्रस्टोकाको जुवाअड्डाका बारेमा जानकार भए पनि अहिलेसम्म बन्द नगरेको बिषय ब्यापक भएपछि सशस्त्रले छापा हानेको थियो ।  अबैध जुवातास चलिरहँदा पनि प्रहरी मौन बस्नुले प्रहरीको नियत घुस असुली रहेको प्रस्ट देखिएको स्थानीय बताउँछन् ।

    प्रस्टोकाका रबिन्द्र साह, पन्नालाल साह लगायत चार–पाँच जनाको समूहले जुवाको खाल सञ्चालन गराइरहेका छन् । प्रस्टोकामा सञ्चालन गरिदै आएको जुवाको खालसम्म जुवा खेल्न आउनेलाई पुर्याउनका लािग कलैया–वीरगन्ज सडक खण्डको भलुही चौक र कलैया नितनपुर सडक खण्डको बन्जरिया गाउँको पश्चिम हनुमान मन्दिरमा सहयोगीहरु खटाइने गरिएको र ठाउँ ठाउँमा खटाइएका मानिसहरुको सम्पर्कमा आउनेहरुलाई जुवाको खालसम्म पुब्याउने गरिएको छ । जुवाको खाल सञ्चालन गराएकाहरुले दैनिक चारदेखि पाँच लाखसम्म कमाउने समेत गरेको प्रस्टोकाका स्थानीयहरुले बताएका छन् । प्रस्टोकाको जुवा खेल्न वीरगन्ज, हेटौंडा, काठमाडौँ र भारतको रक्सौल, आदापुर लगायतका बिभिन्न स्थानबाट जुवाडेहरु दैनिक रुपमा आउने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार