काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो बैठकबाट प्रदेश समितिको पदाधिकारी सर्वसम्मत चयन भएको छ । प्रदेश समितिको आज बसेको बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।
पार्टीको प्रदेश अध्यक्षमा बिमला केसी पहिले नै चयन भए पनि अरु पलदाधिकारीको टुंगो लाग्न सकेको थिएन । आज प्रदेश समितिले सबै पदाधिकारीको टुंगो लगाएको हो ।
प्रदेश समितिले उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी, उपाध्यक्षद्वयमा ढकवीर राना( जाजरकोट) र कृष्ण जिसी (सुर्खेत) लाई चयन गरेको छ । सचिवमा धनजित शाही, सहसचिवत्रयमा बीरबहादुर कुवँर (जुम्ला), लालकेश जैसी (हुम्ला), विर्खबहादुर थापा (मुगु)र कोषाध्यक्षमा मालबहादुर रोका छन् ।