Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद पदबाट निस्काशित भइन् सरिता गिरी


    बिहिबार, असार २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट निस्काशन गरेको जनाएकाे छ । संघीय संसद सचिवालयले गिरीलाई सांसद पदबाट निस्काशित गरिएको जानकारी निर्वाचन आयोगलाई समेत दिएको छ।

    समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरेकाे जानकारी आयोगलाई दिएको थियो ।

    संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका छन् । नेपालले नयाँ नक्शा जारी गरेपछि गिरीले विवादास्पद अभिव्यक्ती दिएकी थिइन् ।

    सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्शालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप नमान्दै उनले बैठक नै बहिष्कार गरेकी थिइन् ।

    sarita-Giri-letter.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार