Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • बाढीले क्षति पुर्‍यायाे मध्यभोटेकोशी हाइड्रोलाई, चिनियाँ प्राविधिक भए बेपत्ता


    बिहिबार, असार २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लगातारकाे वर्षापछि आएकाे बाढीले सिन्धुपाल्चाेकस्थित निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा ठूलाे क्षति पुगेको छ । साे बाढीमा परेर एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता भएको आयाेजनाले जनाएकाे छ । उनकाे बारेमा थप विवरण आइसकेकाे छैन । 

    आयोजनाकाे भण्डार गृहमा बाढीले क्षति पुर्‍याएकाे बताइन्छ । त्यहाँ रहेका मेशिन तथा उपकरणहरु बाढीले बगाएको समेत बताइएकाे छ । साे उपकरणहरुकाे मूल्य कराैडाैंकाे भएकाे आयाेजनाका सीईओ मणिकुमार काफ्लेले जनाएका छन्का । 

    यसअघि ०७३ सालमा पनि बाढी आएकाे तर अहिलेकाे बाढीले बढी क्षति पुर्‍याएकाे बताइएकाे छ । मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । तर, पावर हाउस भत्किएको भने छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार