Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कतै कोरोना संक्रमितको संख्या पाँच सय नाघ्यो, कतै शुन्य


    बुधबार, असार २४ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपालको ७७ जिल्लामध्ये पाँच वटा जिल्लामा ५ सय बढी कोरोना संक्रमित उपचाररत् छन् भने पाँच जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरी, रौतहट, पाल्पा, कैलाली, बाजुरा र अछाममा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।

    अहिले यी पाँच जिल्लामा पाँच सय बढी संक्रमितको उपचार भइरहेको छ।

    यस्तै, अर्को पाँच जिल्लामा भने संक्रमित संख्या शून्यमा झरेको छ। जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला छन्।

    यसअघि यी जिल्लामा संक्रमित देखिए पनि उनीहरू निको भइसकेका छन्।

    पछिल्लोपटक संक्रमित देखिन बाँकी रहेको रसुवामा पनि संक्रमण देखिएपछि ७७ वटै जिल्लामा संक्रमण फेला परेको थियो।

    बुधबार २५५ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ। जसमा ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ७ सय ७२ जना निको भएका छन्।

    बुधबार मात्रै २ सय ५३ जना संक्रमित निको भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार