Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगरपालिकाको सहयोगमा छिमेकी नगरमा पार्क निर्माण धमाधम


    बुधबार, असार २४ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ  । काठमाडौं महानगरपालिकाले छिमेकी नगरपालिकासँग पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत हरियाली प्रर्वद्धनमा जोड दिदैँ आएको छ ।

    काठमाडौं जिल्लाका १० वटा नगरपालिका तथा मध्यपुर थिमी नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाले दिएको जानकारी अनुसार टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क, बुढानीलकण्ठ नगरपालिकामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क, नागार्जुन नगरपालिकामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकामा मदन भण्डारी पार्क, दक्षिणकाली नगरपालिकामा बहुउद्देश्यीय उद्यान, गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी धाम उद्यान, शंखरापुर नगरपालिकामा बज्रयोगिनी क्षेत्र हरित उद्यान र मध्यपुर थिमी नगरपालिकामा शंखधर शाख्वा स्मृति सामुदायिक पार्क निर्माण भैरहेका छन् ।

    ती पार्कहरुमा महानगरपालिकाले प्रति नगरपालिका एक करोडका दरले ११ करोड लगानी गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार