Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिमालय एयरलाइन्सले चीनको टियानजिनमा चार्टर्ड उडान गर्ने


    बुधबार, असार २४ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । हिमालय एयरलाइन्सले फिलिपिन्सको मनिलामाई जुलाई ११ तारिखमा चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न देशमा अलपत्र नेपालीको उद्धार उडान गर्दै आएको हिमालयका लागि यो नयाँ गन्तव्य हो । सोही दिन हिमालयले साउदी अरेबियाको दमाममा चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काउने जनाएको छ । हिमालयले नयाँ गन्तव्यका रूपमा जुलाई ८ र ९ तारिखमा चीनको टियानजिन गन्तव्यमा चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको छ ।

    जुलाइ १२ मा मलेसियाको क्वालालम्पुर चार्टर्ड उडान नेपाली ल्याउने कार्यतालिका कम्पनीले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । यसअघि जुलाई २ देखि ८ तारिख सम्मको उडान तालिका बनाएर हिमालयले साउदी अरेबियको दमाम, मलेसियाको क्वालालम्पुर, कतारको दोहा युएईको आबुधाबी र कुवेतबाट चार्टर्ड उडान गरी नेपालीलाई स्वेदश फर्काएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार