Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल प्रहरीको आइजीपी नियुक्तिः ओली सरकारको निर्विवाद निर्णय


    बुधबार, असार २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको हो । नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्तिका क्रममा सधैं अस्वस्थ प्रतिस्पर्धा र मिडियाबाजी हुने गथ्र्यो । तर यो पटक त्यस्तो अवस्वस्थ प्रतिस्पर्धा देखिएन । आइजीपीका दाबेदार शैलेश थापा क्षेत्री भद्र स्वभावका र मिडियाबाजी गर्न नरुचाउने भएकाले पनि यो पटक त्यस्तो अस्वस्थ प्रतिस्पर्धा देखिएन ।

    आइजीपीका प्रतिस्पर्धी दोस्रो नम्बरका एआइजी हरिबहादुर पालले मिडियाबाजी छिटपुट रुपमा गरे पनि नवराज सिलवाल र जयबहादुर चन्दको जस्तो ब्यक्तिगत गालीगलौज पनि गरेनन् । आइजीपी नियुक्तिका क्रममा करोडौंको आर्थिक चलखेल भएको चर्चा पनि यो पटक भएन । आइजीपीका दाबेदार थापा अहिलेसम्म प्रहरीमा भ्रष्टाचारमा नमुछिएका भनेर चिनिन्छन् । आइजीपी नियुक्ति यो पटक जति विवादरहित कहिल्यै पनि नभएको प्रहरीका अधिकारी बताउँछन् ।

    २६ औं आइजीपी नियुक्तिका क्रममा पनि सर्वेन्द्र खनाल र पुस्कर कार्कीबीच अस्वस्थ चलखेल र मिडियाबाजी भयो । काबिल मानिने रमेश खरेलले डीआइजीबाटै राजीनामा दिए । त्यसअघि त नवराज सिलवाल पहिलो बरियताका डीआइजी हुँँदाहुँदै दोस्रो नम्बरका जयबहादुर चन्दलाई आइजीपी बनाएपछि प्रहरीमा ठूलो विवाद भयो । मुद्दामामिला पर्यो, अदालतले नवराज सिलवाललाई नै आइजीपी बनाउन आदेश दियो । कार्यसम्पादन मूल्यांकन नै कीर्ते गरिएकोसम्म समाचार आए । सिलवाल र चन्दको प्रतिस्पर्धा यति चर्को भयो कि बीचका प्रकाश अर्याल आइजीपी भए । उपेन्द्रकान्त आइजीपी हुने क्रममा राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाह उनीभन्दा योग्य भएको प्रमाण मिडियामा पेश गर्न चुकेनन् । तर यो पटक शैलेश थापा क्षेत्री निर्विवाद रुपमा आइजीपी हुन सफल भए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पहिलो नम्बरका डीआइजी वा एआइजीलाई आइजीपी बनाउनुपर्छ भनेर नवराज सिलवालको पक्षमा जसरी आवाज उठाएका थिए, त्यही नैतिक धरातलका आधारमा शैलेश थापा नियुक्त भएका हुन् । ओलीले ब्यक्तिगत रुपमा हरि पाललाई चिन्थे, थापालाई चिन्दैदथे । तर पनि नेपाल प्रहरीमा बरिष्ठतालाई मिचेर पाललाई उनले बनाएनन्, देउवाले जस्तो क्षेत्रीयतावाद उनले प्रस्तुत गरेनन् । यसले प्रहरीको मनोबल बढाएको छ । पालको पक्षमा नेकपाका सासदहरुले लबिङ गर्न जाँदा नै प्रधानमन्त्री ओलीले विगतमा हाम्रो पार्टीले एक नम्बरका सिलवाललाई बनाएन भनेर नैतिक प्रश्न उठाएको स्मरण गराउँदै थापालाई बनाउने संकेत गरिसकेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार