Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा स्थानीय प्रशासनको आग्रहः बाढीबाट बच्न सर्तकता अपनाउनु


    मंगलबार, असार २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बर्दिया । बर्दियाका स्थानीय प्रशासनले मनसुनका बेला बाढीबाट हुने ठूलो धनजनको क्षतिबाट बच्न सो क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरेको छ।

    बर्दिया जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै वर्षायामका बेला विशेषगरी बबई, कर्णाली, मानखोला, ओराही नदी तथा अन्य खोलानाला नजिकका बासिन्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । साथै नदीको बहाव आउने तल्लो तटीय क्षेत्रमा वर्षा तथा पानीको स्तर बढ्नासाथ सुरक्षित स्थानमा बस्न तथा आफ्ना वरपरका बासिन्दालाई समेत सचेत गराउन सूचनामा अनुराृध गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको हस्ताक्षरमा जारी सूचनामा भनिएको छ– भारी वर्षा हुँदा, नदीको बहाव बढी हुँदा नदीमा काठ, दाउरा, छोप्न तथा नुहाउन जानेजस्ता कार्यले थप जोखिम बढाउँछ, त्यसैले त्यस्तो काममा कोही पनि संलग्न नहुन अनुरोध छ ।’

    साथै बाढी पूर्वतयारी प्रतिकार्यका लागि स्थानीय विपद् व्यवस्थान समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनिितक दल, नेपाल रेडक्रस सोसाइटी, विपदका समयमा सहयोग गर्ने संघसंस्थासँग नियमित सम्पर्कमा रहन पनि स्थानीयलाई अनुरोध गरिएको छ । यसैगरी भारी वर्षा भएका बेला सूचना थाहा पाउन मौसम विभागको आधिकारिक वेबसाइट डब्लुडक्बलुडब्लु डट हाइड्रोलजी डट जिओभी डट एनपी तथा सामाजिक सञ्जाल हेर्न र एफएम सुन्न बर्दिया प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार