Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • काठमाडौँ उपत्यकामा  कोरोना संक्रमितको संख्या २ सय ६७ पुग्यो


    मंगलबार, असार २३ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । मंगलबारसम्म काठमाडौं उपत्यकामा २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार अहिलेसम्म उपत्यकामा २ सय ६७ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

    यीमध्ये ७९ जना विदेशबाट उद्धार उडानमार्फत् आएको पाण्डेले बताए।’उहाँहरू बढी कुवेत, साउदी र माल्दिभ्सबाट आउनुभएको छ,’उनले भने।

    डा. पाण्डेले अहिलेसम्म १७ हजार मानिस विदेशबाट उद्धार उडानमार्फत् आएको र तीमध्ये ३५ प्रतिशतले मात्र पिसिआर परीक्षण गरेको जनाए।

    निर्देशक पाण्डेले भने, ‘बाँकी ३५ प्रतिशतले आरडिटी गरेर आउनुभएको छ। केहीले भने दुबै परीक्षण नगरी आउनुभएको छ। यतिमात्र हैन कति मानिस त लक्षण हुँदाहुँदै पनि आउनुभएको छ। त्यस्ता व्यक्तिलाई विमानस्थलमा रहेको हेल्थ डेस्कले सिधैं अस्पताल पठाएको छ।’

    उनले विदेशबाट पिसिआर नेगेटिभ आएकाहरूलाई होम क्वारेन्टिनमा पठाउने गरेको र परीक्षण नगरी आएकालाई होल्डिङ सेन्टर र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको जनाए।उपत्यकामा संक्रमण बढ्दै गएको भए पनि यो समुदायस्तरमा नगएको पाण्डेले दाबी गरे।

    उनले अहिलेसम्म कुल संक्रमितमध्ये ९७ प्रतिशत आयातित केस रहेको र तीन प्रतिशत मात्र (ट्राभल हिस्ट्री) नभएको संक्रमित रहेको जनाए।साथै संक्रमितहरूमध्ये ९९ प्रतिशतमा लक्षण नदेखिएको उनी बताउँछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार