Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरिता गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीकाे निर्णय


    मंगलबार, असार २३ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरी पार्टी सदस्य र सांसद पदबाट निष्कासित भएकी छन् । पार्टीकाे ह्‍वीप उल्लंघन गरेकाे आराेपमा उनी कारबाहीमा परेकी हुन् ।

    मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

    यसअघि समाजवादी पार्टीको कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको थियाे । गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न सिफारिस गरिएकाे हाे । साेही सिफारिसकाे आधारमा गिरी कारबाहीमा परेकी हुन् । 

    लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। नेपालको नयाँ नक्सा जारी हुँदा उनले संसद समेत बहिस्कार गरेकी थिइन् ।

    सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।

    कार्यदलको सिफारिसबारे समाजवादी पार्टीको पदाधिकारी बैठकमा छलफल हुँदैछ । कार्यदलको सिफारिस अनुसार पार्टीले कारबाही गरेमा सांसद गिरीको सांसद पद र पार्टी सदस्यता गुम्‍ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार