Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सडक निर्माण गर्दा लडेर मृत्यु


    मंगलबार, असार २३ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रोल्पा । सडक निर्माणको क्रममा लडेर रोल्पामा एक जना मजदूरको मृत्यु भएको छ।

    कैलाली जिल्लाको टीकापुर घर भएका ६४ वर्षीय एक पुरूषको लडेर मृत्यु भएको छ।

    यो खबर तयार पार्दासम्म मृतकको नाम खुल्न नसकेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए।

    सोमबार बेलुका साढे ५ बजेतिर सडक निर्माणको काममा खटिएका उनी झन्डै दश मिटर तल लड्न पुग्दा मृत्यु भएको प्रहरीले बताएको छ।

    रोल्पाको माडी गाउँपालिका वडा नं. २ घर्ती गाउँमा सडक निर्माणको काम गर्ने क्रममा उनी लड्न पुगेको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार