Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टेकुबाट मिनभवनमा पुग्यो महानगरीय अपराध महाशाखा


    सोमबार, असार २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । टेकुमा रहेको महानगरीय अपराध महाशाखाको कार्यालय मिनभवनमा सरेको छ।

    टेकुमा महाशाखाको नयाँ भवन निर्माण गर्न लागेको हुँदा मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फको एक भवनमा कार्यालय स्थानान्तरण गरिएको हो।

    उक्त ठाउँमा आइतबारदेखि नै कार्यालय सञ्चालनमा आइसकेको महाशाखाले जनाएको छ।महाशाखाले टेकुमा आफ्नै हिरासत कक्षसहित अत्याधुनिक भवन बनाउन सुरू गरेको हो।

    २०७२ साल वैशाख १२ गते भूकम्पले काठमाडौंको हनुमानढोकामा रहेको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको भवनमा क्षति पुर्‍याएपछि यी दुई सुरक्षा निकायलाई टेकु सारिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार