काठमाडौं । आज काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।
गौतमका अनुसार आज थपिएका संक्रमितहरुमा काठमाडौंका २४ जना र भक्तपुरका १० जना र ललितपुरका २० जनामा कोरोना संक्रमण देखिएको हो।
हिजो आइतबार पनि काठमाडौँ उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो।