Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेना विरुद्ध यी औषधि प्रयाेग नगर्न डब्लयूएचओकाे सुझाव


    सोमबार, असार २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लाे समय काेभिड–१९ (काेराेनाभाइरस) विरुद्ध अनेक औषधिहरुकाे परीक्षण भइरहेकाे छ । याे भाइरस नयाँ प्रकृतिकाे भएकाले नयाँ औषधि बनिसकेकाे छैन । साेहीकारण याे संक्रमणकाे लक्षणकाे आधारमा अहिले उपलब्ध औषधिहरु पनि परीक्षण भइरहेकाे छ । 

    यसअघि हेपाटाइटिस बी, मलेरिया लगायतका बिरामीलाई दिइने औषधिकाे समेत काेराेना संक्रमितमा परीक्षण भएकाे थियाे । ती औषधिहरु प्रभावकारी नभएसँगै विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) त्यसकाे प्रयाेग नगर्न सुझाव दिएकाे थियाे ।

    पछिल्लाे समय डब्लयूएचओले यस्तै दुई औषधि प्रयाेग नगर्न सझाव दिएकाे छ । हाइड्रोक्लोरोक्विन र एचआईभी संक्रमित व्यक्तिलाई दिइने औषधिहरू लोपिनाभिर र रिटोनाभिर औषधि कोभिड–१९ संक्रमितलाई नदिन निर्देशन दिएको हाे।

    अल जजिराले जनाएअनुसार ती औषधिहरुकाे प्रयाेग प्रभावकारी नभएकाले यसको प्रयोग रोक्न सुझाव दिएकाे हाे । 

    अहिलेसम्म काेभिड–१९ विरु४ रेमदेसिभिर नामकाे औषधि प्रभावकारी देखिएकाे छ । हेपाटाइटिस ‘सी’ संक्रमणको उपचारका लागि  बनाएकाे याे औषधि सार्स र मर्सको संक्रमण विरुद्ध पनि प्रयोग गरिएकाे थियाे । 

    काेभिड–१९ का संक्रमितमा प्रभावकारी देखिएकाे यो औषधिलाई अमेरिका र जापानले प्रयोगमा ल्याइसकेका छन् । रेमदेसिभिरले संक्रमितको रोग प्रतिरोधी क्षमता उल्लेख्य रुपमा बढाउने बताइएको छ । (एजेन्सी)

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार