Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहमति खोज्न स्थायी समिति बैठक फेरि २ दिन सारियो


    सोमबार, असार २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटीको बैठक पुनः २ दिनका लागि स्थगित भएको छ । सोमबारका लागि बोलाइएको बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । स्थायी समिति बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।

    नेकपा प्रचार विभाग उपप्रमसख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिएका छन् । स्थायी समितिका अधिकांश सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन् । तर प्रधानमन्त्री भने दुवै पदबाट राजीनामा नदिने अडानमा छन् । एक पक्ष राजीनामा दिनुपर्ने अडानमा टसको मस छैन भने प्रधानमन्त्री ओली पनि एउटा पद पनि छाड्न तयार नभएको अवस्थाा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार