Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ढलमा देखिएको कोरोना भाइरस अन्य व्यक्तिमा सर्दैन – स्वास्थ्य मन्त्रालय


    आइतबार, असार २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो समय ढलमा कोरोना भाइरस देखिएता पनि उक्त भाइरस अन्य व्यक्तिमा नसार्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल राजधानीको ढलको नमूना परीक्षण गर्दा कोरोना देखिएको कुरा बाहिर आएको भएपनि आजसम्म कुनै पनि अध्ययनले यसबाट संक्रमण अरूमा सरेको छैन।

    उनले हालसम्म विश्वमा भएका अध्ययनले संक्रमणबाट निको भइरसकेको व्यक्तिमा पनि भाइरसको टुक्राटुक्री भेटिएको भएपनि त्यो रोग नसार्ने खालको रहेको बताए।

    डा.गौतमले कोरोना भाइरस सामान्य तापक्रमको पानीमा वा फोहोर पानी वा अस्पतालबाट निस्किने ढलमा दुई दिनसम्म बाँच्ने बताए। त्यसैले ढलमा कोरोना भटियो भन्दै संक्रमण समुदायस्तरमा फैलिएर जटिल भएको भन्न नहुने उनको भनाइ छ।

    यसबाट संक्रमण अरूमा नसर्ने भएपनि सरसफाइमा काम गर्न व्यक्तिहरूले सुरक्षा सामग्री लगाउनुपर्ने मन्त्रालयको सुझाव छ।

    एक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ। सेन्ट्रल फर मलिकुलर डायनामिक नेपालले यो अध्ययन गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार