Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साधना लघुवित्तको आईपीओ आजबाट


    आइतबार, असार २१ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। साधना लघुवित्तले आज (असार २१) गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको ७ लाख ७ हजार ८ सय कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरेको हो ।

    जसमध्ये लघुवित्तले १० हजार ८ सय ९० कित्ता कर्मचारीहरूका लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    लघुवित्तको आइपीओमा आज (असार २१) गतेदेखि असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।लघुवित्तको आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । लघुवित्तको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार