काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आइपीओ आज शनिबार (असार २० गते) नै बाँडफाँट हुने भएको छ । नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि शनिबार नै आइपीओ बाँडफाँट गर्न लागिएको हो । यसअघि आइतबार बाँडफाँट गरिने तयारी गरिएको थियो । तर साधना लघुवित्तको आइपीओ पनि खुला हुने भएकाले सीडीएसको सिस्टममा समस्या हुन सक्ने भन्दै शनिबार नै बाँडफाँट गर्न लागिएको एनआइसी एसिया लघुवित्तले जानकारी दिएको छ ।
अर्को साता दुई कम्पनीको आईपिओ निष्कासनको क्रममा रहेकाले आज शनिबार नै आईपिओ बाँडफाँड गर्न लागिएको सानिमा क्यापिटलले जनाएको छ । यस अघि आइतबार बाँडफाँड गर्ने कार्यक्रम तय भएको थियो ।
पछिल्लो तथ्याँक अनुसार लघुवित्तको आइपीओमा आवेदन गर्ने सबैजना आवेदकले न्युनतम १० कित्ता शेयर पाउने निश्चित छ भने बाँकी भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउनेछन्।