Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा कोरोना फैलिंदै, १ सय ५६ जनामा संक्रमण पुष्टि


    शुक्रबार, असार १९ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । लकडाउन खुकुलो गरेपछि काठमाडौंमा पनि कोरोना संक्रमण क्रमशः फैलिन थालेको छ । बिहीबार मात्रै काठमाडौं उपत्यकाका ३२ जनामा कोरोना संक्रमण देखियो । बाहिरी जिल्लाबाट काठमाडौं आउन खुकुलो बनाउँदा काठमाडौंमा कोरोना फैलिंदै जान थालेको छ । काठमाडौं उपत्यकामा बाहिरबाट आएकामा मात्र होइन, समुदायमै कोरोना संक्रमण फैलिन थालेको दिनहुँ बृद्धि भएको संख्याले देखाएको छ ।

    उपत्यकामा मात्रै अहिलेसम्म १ सय ५६ जनामा सङ्क्रमण भइसकेको छ । संक्रमितमध्ये ११० जना काठमाडौं जिल्लाका मात्रै छन् । ललितपुरका १८ र भक्तपुरमा २८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी क्रमैसँग संक्रमितको बृद्धिले काठमाडौंमा भयावह रुप लिने संकेतहरु देखिइसकेका छन् । काठमाडौंमा साना होटल, रेष्टुरेन्ट खुलिसकेका छन् । जहाँ मानिसको भीड देखिन थालेको छ । यही भीडका कारण कोरोना महामारी फैलिन सक्छ । सामाजिक दूरी कायम सार्वजनिक ठाउँहरुमा मानिसको भीडभाड बढ्नु नै कोरोना संक्रमणको मुख्य कारण मानिन्छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएकामध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् । मुलुकमा पहिलो सङ्क्रमण काठमाडौंमै गरिएको परीक्षणका क्रममा चीनको वुहानबाट आएका नेपालीमा देखिएको थियो ।

    दोस्रो र तेस्रो सङ्क्रमण पनि बाहिरबाट आएका नेपालीमा देखिएको थियो । विगतमा काठमाडौंमा देखिएका सङ्क्रमित सबै विदेशबाट आएका नेपाली मात्रै थिए । तर अहले काठमाडौंकै रैथाने र कोठा भाडामा लिएर बसेकामा पनि देखिन थालेकाले थप सतर्कता आवश्यक देखिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. गौतमले उपत्यकामा नसोचेका मानिसमा सङ्क्रमण देखिएकाले कन्ट्रयाक ट्रेसिङको काम थालिएको जानकारी दिएका छन् । ‘हरेक मान्छे पोजेटिभ छ भनेर हामीले सोच्नुपर्छ, तब नियन्त्रण गर्न सकिन्छ, उनले सतर्कता अपनाउन आग्रह गर्दै भने, ‘हामी होसियार भएनौं भने उपत्यका जोखिममा छ ।’
    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सरकारले अब क्यान्सर, सुगर र इमर्जेन्सीमा आउने बिरामीहरु र आइसियुमा भर्ना भएका बिरामीहरु र स्वाथ्यकर्मीहरुको कोरोना परीक्षण गरिने भएको छ । क्लीनीकल समन्वय समितिको बैठकबाट सरकारी सामुदायिक तथा निजी अस्पतालमा बिरामीहरुको उपचार गर्ने ब्यवस्था मिलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार