Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दरबन्दीमा नपठाई घुमुवा राख्दै एसपी


    शुक्रबार, असार १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । तल्लो दर्जाका घुमुवा प्रहरीलाई परिचालन गरी घुस असुली गर्ने क्रम बढिरहेको छ । यो प्रवृत्ति तराईका जिल्लाहरुमा बढी देखिन्छ । मकवानपुर प्रहरीका प्रमुख सुशीलसिंह राठौरले असई नवीनकुमार थापालाई घुमुवा राखी अतिरिक्त असुली गर्दैआएका छन् । हेटौंडा कमाने घर भएका उनी एसपी राठौरका घुमुवा हुन् । उनको असुलीले सीमा नै नाघेको गुनासो बागमती प्रदेश प्रहरी कार्यालयमा पनि पुगेको छ ।

    त्यसैगरी, एसपी राठौरले गोरखा दरबन्दी भएका हवल्दार सुरेन्द्रकुमार साहलाई पशुपतिनगर इलाका प्रहरी कार्यालय अन्तर्गत घुमुवा राखेका छन् । प्रदेश नै फरक भएका उनलाई रमाना नै नगराई घुमुवाका रुपमा परिचालन गरी अतिरिक्त आम्दानी गर्ने गरेको आरोप उनीमाथि छ । हवल्दार साह ८ बर्षदेखि घुमुवाका रुपमा मकवानपुर अन्तर्गत कार्यरत छन् । उनका बारेमा धेरै नै उजुरबाजुर परेपछि बीचमा गणमा सरुवा गरिएको थियो । तर १ महिनामै उनी पुनः पशुपतिनगरमै घुमुवाका रुपमा फर्किन सफल भएका छन् । थापा र साहको टोलीबीच असुलीमा कहिलेकाहँी विवाद समेत हुने गरेको छ । असई थापाले त रक्सौलसम्म पुगेर ट्रान्सपोर्टदेखि विभिन्न भन्सारछलीको सामान ल्याउनेहरुसँग समेत मोलमोलाई गर्ने गरेको आरोप छ ।

    साहले पशुपतिनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज अरुण कुशवाह र एसपी राठौर दुवैलाई प्रभावित पार्न सफल भएकाले अर्र्कैै प्रदेशको जिल्लामा दरबन्दी भए पनि रमाना नबुझी ढुक्कसँग घुमुवाका रुपमा कार्यरत छन् ।

    काठमाडौं प्रहरी परिसरका घुमुवा धिरेन बिष्ट र विक्रम चन्द ब्यापारी विकास अग्रवालको १० लाख लुटपाट गरेको आरोपमा केही दिनअघि पक्राउ परेका थिए । उनीहरु पक्राउ परे पनि उनीहरुलाई घुस असुलीमा परिचालन गर्ने माथिल्लो दर्जाका हाकिम को को हुन् त्यसबारेमा प्रहरी प्रधान कार्यालय वा गृहमन्त्रालयले चासो देखाएका छैनन् । बिष्टको बारेमा धेरै नै गुनासो आएपछि घुमुवा सरुवा गर्ने क्रममा उनको सरुवा गरिएको थियो । तर महानगरीय प्रहरी कार्यालयका डीआइजी विश्वराज पोखरेलको दबाबमा उनी थमौती भएका थिए । पोखरेलले पनि केही दिनअघि बढुवा भएका एसपीको सिफारिसमा उनलाई थमौती गर्न दबाब दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार