Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विस्थापन गरिँदै फुस र खपडा छाना


    शुक्रबार, असार १९ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लुम्बिनी। रुपन्देही क्षेत्र नं ३ का ८२७ फुस र खपडाले छाएका घरका छाना विस्थापित गरिने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले ती घरमा टिनको छानो लगाउन कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

    आगामी आर्थिक वर्ष २०७७/७८ मा जिल्लाको सिद्धार्थ नगरपालिकाको १४६, शुद्धोधन गाउँपालिकाको १५६, बुटवल उपमहानगरपालिकाको ८५, तिलोत्तमा नगरपालिकाको १०७ घरको छानो परिवर्तन हुने छ । सियारीमा १३०, मायादेवीमा १०० र ओमसतिया गाउपालिकामा १०३ घरमा टिनको छानो लगाइने जनाइएको छ ।

    क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका मन्त्री भुसालले सुरक्षित नागरिक आवास कार्यक्रमअनुसार फुस र खपडाका घरमा बसिरहेकाको पहिचान गरी घरको छानो परिवर्तनमा सहयोग गर्न थाल्नुभएको उहाँका स्वकीय सचिव मनोज रिजालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “फुसले छाएको वा खपडाले छाएको घरको छानो स्तरोन्नति गर्नेगरी छनोट गरिएको छ । आगामी आर्थिक वर्षभित्र विपन्न तथा गरिब घरपरिवारको घरको छानो सबैको टिनको हुनेछ ।” गत वर्ष गुल्मीमा सञ्चालनमा आएको उक्त कार्यक्रम चालू वर्षमा कपिलवस्तुमा सञ्चालनमा रहेको थियो । शहरी तथा भवन डिभिजन कार्यालयको प्रत्यक्ष निगरानीमा सम्पन्न हुने उक्त कार्यक्रमअनुसार फुस, खरको छानो तथा खपडाले छाएको छानो मुक्त बनाउनेगरी सञ्चालन गरिएको कार्यालयका प्रमुख इञ्जिनीयर राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

    यहाँका केही शहरी र ग्रामीण क्षेत्रमा अहिले पनि फुस र खपडाले छाएका घर छन् । गैडहवा गाउँपालिकाले छानामा टिन लगाउने गरी चालू आवमा रु ४५ लाख रकम बिनियोजन गरेको जनाइएको छ । गाउँपालिका अध्यक्ष बछुलाले भन्नुभयो, “हामीले यस वर्ष पनि काम गरिरहेका छौँ । आगामी वर्षका लागि बजेट व्यवस्थापन गरेका छौँ ।” रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार