काठमाडौैं । शुक्रबार ७४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिनेमा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबैभन्दा बढी छन् । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ८ सय ५८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसपछि सबैभन्दा बढी संक्रमित धनगढीमा देखिएका छन् । सेती प्रादेशिक प्रयोगशाला धनगढीमामा ६५ जनाको कोरोना परीक्षण भएकोमा सबै जनामासंक्रमण देखिएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २६२ जनाको पीसीआर टेष्ट गरेकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल बिराटनगरमा २८६ को परीक्षण भएकोमा १७ जनामा देखिएको छ ।
गजेन्द्र नारायण अस्पतालमा ८५ जनाको टेष्ट भएकोमा ३२ जनामा संक्रमण देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरमा २३५ जनामा परीक्षण गरेकोमा २२ संक्रमित देखिएका छन् ।
भरतपुर अस्पताल प्रयोगशालामा २१६ मध्ये २१ पोजेटिभ देखिएका छन् । कीटजन्य रोग प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा २३८ मध्ये २९ पोजेटिभ देखिएका छन् ।
प्रादेशिक क्षयरोग केन्द्रमा भेरी अस्पताल नेपालगंगजमा ३५० मध्ये २८ जनामा पोजेटिभ देखिएको छ । दैलेखमा ११४ मध्ये १० जनामा संक्रमण देखिएको छ ।