काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंको बानेश्वरका एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
असार १७ गते ८५ वर्षका पुरुषको काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।
उच्च रक्तचाप र पार्किन्सनका बिरामी बृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा उपचार भइरहेको बेला उनको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।