Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बगायो पहिरोले घर


    शुक्रबार, असार १९ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको एक घर बगाएको छ । जिल्लाको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा पहिरो जाँदा एक घर बगाएको हो। साथै झोलुङ्गे पुललाई समेत उच्च जोखिममा पारेको छ।

    स्थानीय प्रेम श्रेष्ठको घर बगाउँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको र घरधनि बिहीबार बेलुका नै घर छाडेकाले मानवीय क्षति नभएको वडाध्यक्ष प्रेम तामाङले जानकारी दिए।

    त्यहाँस्थित लप्से खोलामा रहेको झोलुङ्गे पुलसमेत उच्च जोखिममा रहेकाले वडा नं २ को गोल्चे गाउँमा करिब एक हजार २०० घर परिवारका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ। उक्त वडा जुगल हिमशृङ्खलाको फेदीमा पर्दछ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार