काठमाडौं । एनआइसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २१ गते आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलकी मर्चेन्ट बैंकिङ प्रमुख रष्मि रिजालका अनुसार आइतबार बाँडफाँट गर्ने तयारी गरिएको छ । तथापि, अन्तिम टुंगो भने लाग्न बाँकी रहेको उनले नेपाली पैसालाई बताइन् । बिहीबार प्रिअलोटमेन्ट कार्य सम्पन्न भएको छ । अब नियामकको अनुमति लिएर बाँडफाँट गरिनेछ । समय पनि टुंगो लाग्न बाँकी रहेको उनले बताइन् ।
यो सेयर न्यूनतम १० कित्ता सबैले पाउने देखिएको छ । यस कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । जसमा कुल निष्कासनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको हाे