Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय


    बिहिबार, असार १८ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ।

    कानुन मन्त्री शिवमायामा तुम्बाहाङ्फेका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आजै साँझ पाँच बजेदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । ‘कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय भएको हो,’ उनले भनिन् ।

    मन्त्रिपरिषद्को निर्णयपछि आजै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन् ।

    मन्त्रिपरिषद् बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा छलफल भएको थियो ।

    झन्डै १ घन्टा राष्ट्रपतिसँग छलफल गरेपछि प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार