Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चट्याङ लागेर चार महिलाको मृत्यु


    बिहिबार, असार १८ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । चट्याङ लागेर बारामा चार महिलाको मृत्यु भएको छ ।

    बिहीबार बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

    मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर मृत्यु भएको हो।

    फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले बताए।

    चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन्।

    घाइतेलाई अस्पताल लगिएको र मृतकको शव परीक्षणका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता मिश्रले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार