काठमाडौं । नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले क्यानडा राष्ट्रिय दिवस जुलाई १ को सन्दर्भ पारेर काठमाडौमा एक कार्यक्रम सम्पन्न गरेको छ । संघले कोरोना महामारीले विश्व आक्रान्त पारेको र बन्दाबन्दीको समयमा पनि आवश्यक दूरी कायम गरी कार्यक्रम सम्पन्न गरेको थियो । नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघका बर्तमान अध्यक्ष प्राडा प्रदीप खड्काको अध्यक्षता कार्यक्रम सम्पन भएको थियो । कार्यक्रममा पूर्व राजदूत तथा परराष्ट्र मामिला जानकार तथा संघका संरक्षक हिरण्यलाल श्रेष्ठ र वरिष्ठ सिमाबिद् बुद्धिनारायण श्रेष्ठको पनि उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक हिरण्यलाल श्रेष्ठले करिव ४०–५० हजार संख्यामा नेपाली क्यानडा बसोबास गर्दै आएता पनि भिसाका लागि दिल्ली धाउनुपरेको र क्यानडालाई नेपालमै दूतावास खोली सहज गराउनका लागि र नेपाल–क्यानडाबीच उच्च ब्यापारिक सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभएको थियो ।
वरिष्ठ सिमाविद् बुद्धिनारायण श्रेष्ठ र संघका सहअध्यक्ष रामेश्वर श्रेष्ठले पनि क्यानेडेली नागरिकको प्रगतिको कामना गर्दै दुई देशबीच सम्बन्ध सुमधुर रहनुपर्नेमा जोड दिनुभयो ।संघका बर्तमान अध्यक्ष प्राडा प्रदीप खड्काले नेपाल–क्यानडाबीच सांस्कृतिक आदानप्रदान, आवतजावत जस्ता कुराले सम्बन्ध बढ्दै गए पनि क्यानडा सरकारले आफ्नो दूतावास खोलिनसकेको अबस्थामा भबिष्यमा दूतावास खोलेर भिसा लगायत प्रक्रियामा सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । संघका उपध्यक्ष प्रा डा.गोपाल पोखरेल (विवश) ले नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघको स्थापना बारेमा कुरा राख्दै दुई देशबीच आवश्यक दौत्य सम्बन्ध नभएकाले दुई देशका नागरिकले आवातजावत प्रक्रियामा समस्या रहेको बारे बिचार ब्यक्त गर्दै क्यानडा राष्ट्रिय दिवसका अबसरमा क्यानेडेली सरकार तथा नागरिकको प्रगतिको कामना गर्नुृभयो ।
मन्तव्यका क्रममा सम्पुर्ण बक्ताहरुले सम्पूर्ण क्यानडेली नागरिक तथा सम्पूर्ण क्यानडाबासीको प्रगति, उन्नति र नेपाल क्यानडाबीच सुमधुर सम्बन्ध रहोस् भन्ने कामना गर्नुभएको थियाो । । ब्यबसायी सुवासकाजी श्रेष्ठले आवश्यक प्रचार गरी पर्यटन क्षेत्रमा क्यानडेली नागरिकहरुलाई आकर्षित गर्न सकेमा नेपालले आर्थिक लाभ लिनसक्ने बिचार ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा संस्थाका सदस्यहरु तथा विज्ञ, बुद्धिजीवीहरुको उपस्थिति रहेको कुरा सो संघका आमन्त्रित सदस्य घनश्याम पाण्डेले जानकारी दिनुभयो ।