Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पानी परेपछि सलहको जोखिम कम हुने


    बुधबार, असार १७ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ।

    गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमा पनि आइपुगेको थियो।

    वरिष्ठ कृषिविज्ञ डा। केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौं वा करोडौंको परिमाणमा हुन्छ।

    ‘काठमाडौंमा देखा परेको सलहको झुण्ड ठूलो होइन’, डा बुढाथोकीले भने।

    नेपालमा मनसुन सुरू भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ।

    पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार