Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि


    मंगलबार, असार १६ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत उक्त शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासका अनुसार म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।

    श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । ‘श्वासप्रश्वासमा समस्या देखिएपछि रिपोर्ट नकुरिकन सुरक्षा सतर्कता अपनाएर शल्यक्रिया गर्यौं,’ डाक्टर दासले भने, ‘आज बिहान रिपोर्ट पोजेटिभ आयो ।’

    सोमबार मात्र ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार