Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र


    बिहिबार, माघ १३ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै सप्तरीबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाइएको छ ।

    मन्त्री यादवको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् ।

    यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्रीको अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउन अनुरोध गरिएको छ । 

    ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।

    हामी लोकतन्त्रमा विश्वास गर्ने, बिमति राख्नेलाई सम्मानपूर्वक आफ्ना विचारलाई सही दिशामा अगाडि बढाउँदै जनमत निर्माण गरी आफू सही रहेको र बिमतिलाई सहमतिमा परिवर्तन गर्नेमा विश्वास गर्ने भएकोले राजनीतिमा अपराधको ठाउँ नहुनेमा विश्वास गर्ने भएकाले आफ्नो जिम्मेवारी र जनताप्रतिको दायित्व सम्झी यो ज्ञापन बुझाइएको सभासद कर्णले बताएका छन् ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार