Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल र चीनबीच सीमा विवाद छैन,राजदूत होउ यान्छी


    मंगलबार, असार १६ २०७७
    3.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताउनुभएको छ ।
    गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिनुभएको विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
    चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधैं सम्मान गर्ने स्पष्ट गर्दै राजदूत होउले भन्नुभएको छ, ‘‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको आधारमा चालेको कदम हो ।’’
    नेपालले चीनको इसारामा यस्तो कदम चालेको भन्ने कुुरा आधारहीन तथा स्वार्थ प्रेरित छ, यसमा सत्यता नभएको बताउँदै राजदूत होउले भन्नुभयो, ‘‘यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमान मात्र होइन, नेपाल र चीनबीचको सम्बन्धमाथिको प्रहार पनि हो ।’’ आजको गोरखापत्रबाट

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार