काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले बाढी पहिरो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै सोमबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् । उनले बाढी पहिरोको नियन्त्रण र रोकथामको चुस्त र प्रभावकारी तयारी गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् । उनको प्रस्तावको कांग्रेस सांसदहरु लक्ष्मी परियार र देवप्रसाद तिमिल्सिनाले समर्थन गरेका छन् ।
हरेक वर्ष वर्षायामको समयमा बाढी र पहिरोका कारण धनजनको क्षति हुँदा पनि सरकारले पूर्वतयारीमा ध्यान नदिएको उल्लेख गर्दै नेपालको कुन क्षेत्रमा बाढी पहिरोको जोखिम छ भन्ने विशेषज्ञबाट पत्ता लगाई नियन्त्रणको कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने सांसद संग्रौलाले बताएकी छन् ।
भारतले एकतर्फी रुपमा दशगजामा बाँध, तटबन्ध र सडक निर्माण गरी नेपाली भूभाग डुवानमा पारेकाले समस्या समाधानका लागि कुटनीतिक पहल गर्न, भारतले झापादेखि कञ्चनपुरसम्म अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरीत बनाएको बाँध, तटबन्ध र सडक पत्ता लगाई स्थायी समाधानको पहल गर्न प्रस्ताव दर्ता गरेको सांसद संग्रौलाले बताइन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend