Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपामा ९ जना सचिवालय सदस्य मनोनीत


    आइतबार, असार १४ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सचिवालयमा ९ जना मनोनीत भएका छन् । राप्रपाको विधानबमोजिम अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनीत गरेका छन् ।

    मनोनीत हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्तौला मकवानपुर, बाबुराम बस्नेत भोजपुर, रामशरण पाठक चितवन, भरतप्रसाद पाठक नुवाकोट र मीना शाही ललितपुर रहेका छन् ।

    आइतबार बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्षत्रयप्रति आभार व्यक्त गरेको छ । तीनै अध्यक्षले आ आफ्नो कोटामा सचिवालय सदस्य मनोनीत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार