Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजमात्रै १ सय ७९ जनाले कोरोनालाई जिते, निको हुनेको संख्या ३०१३


    आइतबार, असार १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौैं । नेपालमा थप १ सय ७९ जनाले कोरोनालाई जितेका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना भाइरस निको हुनेको संख्या ३ हजार १३ पुगेको छ । कोरोना संक्रमित मध्ये २८ जनाको मृत्यु भएको छ ।

    प्रवक्ता गौतमले दिएको जानकारी अनुसार आइतबार रौतहटबाट ४६ जना पुरुष, धनुषबाट ११ जना पुरुष, नारायणी अस्पताल पर्साबाट ५ जना महिला २३ जना पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ जना पुरुष, साइ कृष्ण आइसोलेशन सप्तरीबाट १ जना महिला र १५ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट ६ महिला र ३३ पुरुष, सिराहा अस्पताल सिराहबाट ३ जना पुरुष, महेन्द्र जनरल अस्पताल सिराहबाट १ महिला र १२ जना पुरुष र कलैया अस्पताल बाराबाट १७ जना पुरुष कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

    डिस्चार्ज भएका १ सय ७९ जना मध्ये १३ जना महिला र १६६ जना पुरुष रहेका प्रवक्ता गौतमले जानकारी दिए ।

    त्यस्तै, डिस्चार्ज भएका कुल ३ हजार १३ जना मध्ये २ सय ५५ जना महिला र २ हजार ७ सय ५८ जना रहेका मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार